विराटनगर । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका छन् ।
बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । मोरङ प्रहरीका अनुसार चम्लागाईं मोरङ जिल्ला इन्चार्ज हुन्,ा पौडेल जिल्ला सचिव हुन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकमा निर्वाचन गतिविधि गर्दै हिडेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल फोन ५ थान, पार्टीको झण्डा १ थान र निर्वाचन विरोधी १०७ थान पर्चा तथा पम्पलेट बरामद भएको छ ।