सुनवर्षीमा मतदान केन्द्रमा खटिएका कर्मचारी प्रहरी नियन्त्रणमा

<span class='c1'>सुनवर्षीमा मतदान केन्द्रमा खटिएका</span> <span class='c2'>कर्मचारी प्रहरी नियन्त्रणमा</span>

विराटनगर । मोरङको सुनवर्षी न.पा ६ मा रहेको  पटियापाडा मा.बि को (ग) मतदान केन्द्रमा खटिएका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रको सहायक पाँचौ तहको कर्मचारी जिल्ला मोरङ रंगेली न.पा २ बस्ने बर्ष ३७ को रंजित सिवा मतदान अधिकृतसँग झगडा गरेपछि नियन्त्रणमा परेका हुन् ।

उनले मतदान अधिकृत तथा अन्य कर्मचारीहरुसंग झै-झगडा तथा गालीगलौज गरी निर्वाचन प्रकृयामा असहयोग समेत गरेकोले इ.प्र.का सिजुवा बाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई इ.प्र.का सिजुवामा ल्याई थप अनुसन्धान कार्य भईरहेको मोरङ प्रहरीबाट जारी सुचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्