मोरङमा यहाँ हुनेछ मतगणना (सुची सहित)

<span class='c1'>मोरङमा यहाँ हुनेछ</span> <span class='c2'>मतगणना (सुची सहित)</span>

विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा अलग–अलग स्थानमा मतगणना गरिने भएको छ । ६ क्षेत्रकै छुट्टाछुट्टै स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रत्येक क्षेत्रका निम्ति छुट्टै गणनास्थल तोकिएको छ । मोरङ–१ को मतगणना उर्लाबारी नगरपालिका कार्यालय गरिनेछ । मोरङ–२ को मतगणना सिजुवास्थित विश्वनाथ मन्दिर परिसरमा गरिने कार्यालयले जनाएको छ । मोरङ–३ को मतगणना बेलबारीस्थित भगवती माध्यमिक विद्यालयमा गर्ने व्यवस्था मिलाइएको छ । मोरङ–४ को मतगणना विराटनगरस्थित जनता नमुना माध्यमिक विद्यालयमा गरिने कार्यालयले जनाएको छ । मोरङ–५ को मतगणना विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा गरिनेछ । मोरङ–६ को मतगणना विराटनगरकै आदर्श माध्यमिक विद्यालयमा गर्ने तय छ ।

मतपेटिका सुरक्षित रूपमा सम्बन्धित स्थलमा पुर्‍याइएपछि मतगणना प्रक्रिया सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्