सप्तरीमा आगलागी, ४ लाखको क्षति

सप्तरीमा आगलागी, ४ लाखको क्षति

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा आईतवार साँझ भएको आगलागीबाट अन्दाजी ४ लाख मुल्य बराबरको क्षति भएको छ।
स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा अचानक आगलागी हुँदा मियाको फुसको छानो भएको गाईगोठ र गोठमा भएको २ वटा चौपाया(गोरु) जलेर अन्दाजी ५० हजार मुल्य बराबरको क्षति भएको छ।
आगो निभाउने क्रममा निज मियाको शरिरको बिभिन्न भागमा आगोले पोलेर घाईते भएका छन्। उनको राउ स्मारक अस्पताल लाहानमा उपचार भईरहेको छ।
आगलागीबाट छिमेकी भीम नारायण साहको भुईतले फुसको छानो भएको कच्ची घर, टायर गाढा, घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी ३ लाख मुल्य बराबरको क्षति भएको छ।
त्यस्तै सोही ठाउँका हरि नारायण साहको फुसको छानो भएको एक तले घरम, समेत आगलागी हुँदा अन्दाजी ५० हजार मुल्य बराबरको क्षति भएको छ।
आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी, दमकल र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्