मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।
३२ हजार ६६० मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले १२ हजार ५४९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ८ हजार ५४४ प्राप्त गरेका छन् । नेपाली कांग्रेस उम्मेदवार दिप बहादुर शाहि रुख ५ हजार ३६० प्राप्त गरेका छन् । नेकपा एमालेका शान्ति लाला महत सुर्य ३ हजार ८६४मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले ३५७ मत प्राप्त गरेकी छन् । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।