सोवितालाई बधाई दिंदै रेनुले भनिन् : मतमा हारें, जनताको मन जितेको छु

<span class='c1'>सोवितालाई बधाई दिंदै रेनुले भनिन् :</span> <span class='c2'>मतमा हारें, जनताको मन जितेको छु</span>

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मतमा हार भएपनि कामबाट जनताको मन जित्न सफल भएको बताएकी छन् ।

शनिवार सामाजिक संजालमार्फत विजयी उम्मेदवार रास्वपाकी सोबिता गौतमलाई बधाई दिंदै उनले मतमा हार भएपनि काम र योगदानबाट जनताको मन जित्न सफल भएको उल्लेख गरेकी हुन् । उनले आफ्नो ३० वर्षे राजनीतिक जीवन र भरतपुरमा नौं वर्ष नगर प्रमुखको रूपमा बिताएको समय जनताको सेवा र क्षेत्रको विकासमा समर्पित भएको बताइन् । उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास, समृद्धि र खुशीयालीका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

दाहालले निर्वाचन अभियानमा सक्रिय रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडिया कर्मी र कलाकारलाई विशेष धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्