विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार विनोद ढकालले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
उनले निर्वाचनका क्रममा साथ, सहयोग र हौसला प्रदान गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थक सबैप्रति आभार व्यक्त गरेका छन्। मतदाताको विश्वास र मायाले आफूलाई अझ जिम्मेवार भएर जनताको सेवा तथा क्षेत्रको विकासका लागि निरन्तर लागिरहन प्रेरणा दिएको उनले बताएका छन्। साथै, उक्त क्षेत्रमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यलाई उनले बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन्।
उनले लोकतन्त्रमा जनमत नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको साथमै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।