ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने : ‘यो सिंगो ललितपुरको जित हो’

<span class='c1'>ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने</span> <span class='c2'>: ‘यो सिंगो ललितपुरको जित हो’</span>

ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् ।

आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले यो जित ललितपुर–२ मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताए । खरेलले भने, ‘सम्पूर्ण जनताहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यो जित ललितपुर क्षेत्र नम्बर २ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्रै जितका रूपमा होइन ।’ उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । खरेलले पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएका बालेन शाहको नेतृत्वमा देशलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने अभियान जारी रहने बताए ।

उनले भने, ‘अब हामीले देश बनाउनुपर्छ । यो अभियानमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हामी सम्पूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी, देश र जनता अब विकास र समृद्धिको बाटोमा अगाडि बढेका छौं । यसमा साथ दिनु भएकोमा सम्पूर्णमा धन्यवाद छ ।’
उनले निर्वाचनमा साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति पुनः धन्यवाद व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्