विराटनगर। भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार राई १६ हजार ६६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत ल्याएका छन् ।
उनी कोशी प्रदेशका पूर्वमुखयमन्त्री समेत हुन् । यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८६७० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रमेश प्रसाद ओझाले ६ हजार १ सय २ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का अजम्बर राई काङमाङले ५ हजार ७२८ मत ल्याएका छन्।