कोशी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनप्रति गुनासो

<span class='c1'>कोशी अस्पतालमा बिरामीको भीड,</span> <span class='c2'>सेवा व्यवस्थापनप्रति गुनासो</span>

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा चुनावपछि सोमबार अस्पताल खुलेसँगै बिरामीको अत्याधिक भीड देखिएको छ। चुनाव अवधिमा चहलपहल कम रहेको अस्पतालमा एक्कासि सयौँ बिरामी उपचारका लागि पुगेपछि अस्पताल परिसरमा भीडभाड बढेको हो।

अस्पताल परिसरमा लाइनमा बसेका बिरामी तथा कुरुवाहरूले अस्पतालको सेवा व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। डाक्टरको प्रतीक्षामा रहेका उत्तम पासवानका अनुसार बिहान ९ बजेदेखि नै बिरामीहरू लाइनमा बसे पनि धेरैजसो डाक्टरहरू ११ बजेपछि मात्रै आउने गरेको गुनासो गरे। गर्मीको समयमा अस्पतालभित्र अत्यधिक भीड हुँदा बिरामीहरूलाई थप समस्या हुने गरेको उनले बताए।
उनका अनुसार अस्पताल प्रशासनमा पटक–पटक गुनासो गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको दाबी गरिएको छ। त्यस्तै, बिरामीको पुर्जा काट्न लाइनमा बसेका कुरुवा रोहन कुमार साहले अस्पतालको व्यवस्थापन पक्ष कमजोर रहेको बताए। कर्मचारीहरूको लापरबाहीका कारण बिरामी र कुरुवाले धेरै समय कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

सुनवर्षी–६ बाट ओपिडी विभागमा जाँच गराउन आएका एक बिरामीले डाक्टरसँग भेट्न निकै कठिन हुने गरेको गुनासो गरे। उनका अनुसार घण्टौँ लाइनमा बसे पनि डाक्टर समयमै नआउने र कहिलेकाहीँ निर्धारित समयभन्दा अघि नै बिरामीलाई छोडेर जाने जस्ता समस्या देखिने गरेका छन्। हाल कोशी अस्पतालमा ओपिडी भवन निर्माणाधीन अवस्थामा रहेको छ। अस्पताल प्रशासनले उक्त भवन निर्माण सम्पन्न भएपछि बिरामीको चाप व्यवस्थापन गर्न सहज हुने दाबी गर्दै आएको छ। तर, तीन वर्षदेखि भवन निर्माण कार्य जारी रहे पनि अझै सम्पन्न हुन सकेको छैन।

डाक्टरहरू समयमै अस्पताल नआउने समस्या बारम्बार दोहोरिने गरेको भन्दै स्थानीयले सम्बन्धित निकायसँग पटक–पटक गुनासो गरे पनि ठोस पहल वा कारबाही नभएको बताएका छन्।
स्थानीयले नयाँ सरकार आएपछि स्वास्थ्य सेवाको सुधारका लागि आवश्यक पहल हुने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्