एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री

<span class='c1'>एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने</span> <span class='c2'>संभावना छैन : रामकुमारी झाँक्री</span>

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी हुन् ।

उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समिक्षा हुन्छ । बैठकको समिक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ । हामी कहाँ चुक्यौँ, के गर्नुपथ्र्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौँ भन्ने विषयमा समिक्षा गर्न बाँकी छ ।’ त्यस्तै उनले पार्टी नेतृत्व परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नभएको पनि स्पष्ट पारिन् । ‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ । उक्त निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत बालेन शाहसँग पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्