रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत

<span class='c1'>रास्वपाका भुवन टमटासहित चार</span> <span class='c2'>उम्मेदवारको धरौटी जफत</span>

मुगु । मुगु जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका सात राजनीतिक दल मध्ये रास्वपाका उम्मेद्वार भुवन टमटासहित चार राजनीतिक दलका उम्मेदवारको धरौटी जफत हुने भएको छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका सात राजनीतिक दलमध्ये कुल खसेको सदर मतको १० प्रतिशत कम मत प्राप्त गर्ने चार राजनीतिक दलको धरौटी जफत हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । मुगुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी (विप्लव) र प्रगतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ गते सम्पन्न निर्वाचनमा भाग लिएका थिए ।
सात दल मध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले सदरमतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् । १० प्रतिशत भन्दा कम मत प्राप्त गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, (विप्लव) प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन् । मुगु जिल्लामा ३६ हजार ३१ मतदाता रहेको एक निर्वाचन क्षेत्रमा २२ हजार ७१ मतदाताहरूले मतदान गरेका थिए । कुल खसेको मत मध्ये २१ हजार २२५ सदर मत र ८४६ मत बदर भएको थियो ।

कुल सदर मत मध्ये नेपाली काग्रेसका खड्क बहादुर शाहीले ७ हजार ९१४ मत प्राप्त गरी विजयी भए । नेकपा एमालेका पूर्ण बहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गरी दोस्रो र नेपाली कम्युनिष्ट पार्टीका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए । धरौटी जफत हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० राष्ट्रिय प्रजातन्त्र पार्टीका बल बहादुर मल्ल २०३, नेकपा माओवादी (विप्लव)का रंगबिर परियार २८०, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन कुमार मल्लले २२ मत प्राप्त गरेका थिए । चारैजना उम्मेदवारले कुल सदरमतको १० प्रतिश भन्दा कम मत प्राप्त गरेकाले उनीहरूको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुवँरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्