विराटनगर । पार्किङबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१२ मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलबाट हराएको प्रदेश ०१–०१–००१ प ३६०१ नम्बरको मोटरसाइकल लैजाने व्यक्तिलाई पक्राउ गरेको हो ।
गत फागुन २३ गते राती करिब १० बजे पार्किङमा राखिएको अवस्थामा मोटरसाइकल हराएको थियो । त्यसपछि प्रहरीमा खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खोजतलासमा खटिएको थियो।
प्रहरीको सक्रियताका कारण चोरी भएको भोलिपल्टै अर्थात् फागुन २४ गते साँझ ५ बजे विराटनगर–८ बस्ने २८ वर्षीय मोहम्मद ज्याउदिनलाई उक्त मोटरसाइकलसहित पक्राउ परेका हुन् । पक्राउ परेका ज्याउदिनमाथि चोरी मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।