विराटनगरको भानुटोलमा साथीले साथीलाई कैची प्रहार गर्दा एक घाईते

<span class='c1'>विराटनगरको भानुटोलमा साथीले साथीलाई कैची</span> <span class='c2'>प्रहार गर्दा एक घाईते</span>

विराटनगर । विराटनगर ९ स्थित भानुटोलमा बिहीबारसाँझ साथी—साथी विच एक आपसमा झगडा हुँदा एक युवा गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा सुनसरी दुहवीका २१ बर्षिय रन्जित पासवान रहेका छन् । उनलाई उनकै साथी विराटनगर १२ का २० बर्षिय विवेक सिंहले आफ्नो साथमा बोकेको कैचीले छातीमा प्रहार गर्दा पासवान घाईते भएका थिए ।


मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजना प्रतिवन्धित लागुऔषध प्रगोगकर्ताहरु भएको बुझिएको छ । उनीहरु दुवैले जोगवनीमा लागु औषध खाएर आएपछि पैसाको लेनदेन नमिल्दा आपसमा झगडा बुझिएको छ । झगडा भएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगत्यै वडा प्रहरी कार्यलय विराटनगरबाट खटिएको टोलीले विवेक सिंहलाई नियन्त्रणमा लिएको छ भने घाईते पासवानलाई कोशी अस्पतालमा उपचारको लागि लगिएको छ ।
यता कैची प्रहार गर्ने विवेक सिंहलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्