एभरेस्ट स्कूल विराटनगरमा पुरस्कार वितरण समारोह सम्पन्न

<span class='c1'>एभरेस्ट स्कूल विराटनगरमा पुरस्कार</span> <span class='c2'>वितरण समारोह सम्पन्न</span>

विराटनगर। विराटनगरस्थित एभरेस्ट स्कूलले आज आफ्नो प्रतिभाशाली विद्यार्थीहरूको पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न गरेको छ।

समारोहमा विद्यार्थीहरूलाई विविध अतिरिक्त पाठयक्रम र पाठ्यक्रमबाहेक गतिविधिमा उत्कृष्ट प्रदर्शनका लागि पदक तथा प्रमाणपत्र प्रदान गरियो। विद्यालयका प्रधानाचार्य तिकराम पुरीले पुरस्कार वितरण गर्दै विद्यार्थीहरूको मेहनत, लगनशीलता र प्रतिभालाई उच्च मूल्यांकन गरे। उनले भने, “तपाईंहरूको उत्साह, समर्पण र प्रतिभा कक्षाभित्र मात्र नभई बाहिर पनि चम्किरहेको छ। यस्ता उपलब्धिहरूले विद्यालयको नाम र गौरव बढाउँछन्।”

विद्यालयले विद्यार्थीहरूको कौशल, प्रतिभा र सक्रियता प्रोत्साहन गर्न यस प्रकारको कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको छ। विद्यालयले सबै विजेताहरूलाई बधाई दिंदै उज्ज्वल भविष्यका लागि शुभकामना दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्