सहजमा पैसा लेनदेन, उठाउन प्रहरीको सहायता

<span class='c1'>सहजमा पैसा लेनदेन,</span> <span class='c2'>उठाउन प्रहरीको सहायता</span>

विराटनगर । विराटनगर–११ का अजय सहनीले सुनसरी दुहबी १ का मो.सौकत अलीलाई सापटी दिए । उनीहरु दुवै यताउता व्यापार, ठेक्कापट्टा र जग्गाको कारोबार गर्दछन् । त्यहि क्रममा चिनजान भएका उनीहरुले कारोबार गरेको नगद लेनदेन सहज रुपमा फिर्ता नहुँदा अहिले अदालत र प्रहरीको सहयता लिने स्थितिमा पुगेका हुन् ।

सहनीलाई अलीले आठ लाख २२ हजार रुपैँयाको चेक दिएका छन् । तर, अलीको एकाउन्टमा पैसा छैन । बारम्बार झुलाएपछि सहनीले चेक अनादरको प्रक्रियामा पुगे । अनि मुद्दामामिलाबाट प्रहरी लगाएर पक्राउ गर्ने मनस्थितिमा गए । तर, अलीले भने जम्मा ४९ हजार रुपैँया पैसा लिएको दावी गरेका छन् ।

त्यसमध्ये ५० हजार रुपैँया बुझाईसकेको र शर्तअनुसार अब एकलाख ५० हजार आगामी सोमबारसम्म दिने तयारी गरिरहेको सुनाए । यता सहनी भने चेक बाउन्स गराएर अलीसँग पैसा असुल्न कानुनी बाटोमा पुगेका छन् । सहनीलाई ५० हजार मात्रै लिएर यतिको चेक कसरी प्राप्त भयो ? भनेर सोध्दा उनले २ प्रतिशत ब्याज दिने शर्तमा लगेको पैसा फिर्ता नदिएर अहिले झमेला गरिरहेको सुनाउँछन् ।

अलीले भने पैसा लिदाँ खाली चेक लिएका सहनीले मनमर्जी तरिकाले रुपैँया उल्लेख गरेर आफूलाई फसाएको जिकीर गरे । उनले सहनीसँग आफ्नो खास चिनजान नभएको बताउँदै त्यसमा मध्यस्थता गर्ने व्यक्तिलाई कारोबारको हिसाबकिताब सबै थाहा भएकोले शर्त अनुसार दिनुपर्ने दुई लाख रुपैँया दिन आफू मन्जुर रहेको सुनाए ।

यता अली विरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरी प्रहरीलाई पक्राउ गरिकन उपस्थित गराउन पत्राचार गरिसकेको छ । सामान्य लेनदेनको विषय समयमै मिलाउन नसक्दा उनीहरुबीच अदालत र प्रहरीसम्म पुग्नुपर्ने फन्दाको कारोबार सुरु भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्