रिसाइक्लिङ्ग हुन्छ प्लास्टिक, सहरमा सर्वत्र फ्याकिन्छ

<span class='c1'>रिसाइक्लिङ्ग हुन्छ प्लास्टिक,</span> <span class='c2'>सहरमा सर्वत्र फ्याकिन्छ</span>

स्वस्तिका भट्टराई
विराटनगर । विभिन्न प्रकारका प्लास्टिक सामग्रीहरू पुनः प्रशोधन गर्न सकिन्छ । तिनीहरूको मौलिक रूप भन्दा फरक अन्य उत्पादनहरूमा पुनः प्रशोधन गर्ने प्रक्रिया रिसाइक्लिङ्ग हो। प्लास्टिकबाट बनेको वस्तुलाई अर्को उत्पादनमा पुनः प्रयोग गरिन्छ । तर, सामान्यतया त्यहि प्लाष्टिक पुनः प्रयोग गर्न सकिँदैन। त्यसैले प्लास्टिकका वस्तु फोहोर मात्र नभई मोहर पनि बन्न सक्छ । तर, नेपाली उपभोक्तामाझ प्लास्टिकको बोतलमा पानी पिउने चलन यति व्यापक भइसकेको छ । प्रयोग भएका बोतलको व्यवस्थापन गर्ने विषय भने कमजोर छ । हाम्रो जीवनशैलीको अभिन्न हिस्सा बनेको प्लाष्टिक पुनःप्रशोधन गर्न सकिन्छ भनेर ज्ञान भएपनि जताततै फ्याँक्ने बानी छ।

प्रयोग गरिसकेपछि ती खाली बोतललाई हामी कसरी विसर्जन गर्छौँ भन्ने कुराले हाम्रो स्वास्थ्य र वातावरणको भविष्य तय गरिरहेको छ। पछिल्लो समय जथाभावी फालिएका प्लास्टिकका बोतलहरू सडक, नदीनाला र पर्यटकीय स्थलका लागि मुख्य चुनौती बनेका छन्।
विभिन्न रिसर्च पेपरहरुका अनुसार प्लास्टिकको बोतलमा पानी पिउनु स्वास्थ्यका लागि मात्र होइन, यसलाई जथाभावी फाल्नु प्रकृति र मानव सभ्यताकै लागि घातक छ। हामी पानी पिउँछौँ र बोतल जहाँ पायो त्यहीँ फालिदिन्छौँ, यो हाम्रो बानि बनिसकेको छ । यसरी फालिएका बोतलहरू सयौँ वर्षसम्म माटोमा कुहिँदैनन् । जसले गर्दा खेतीयोग्य जमिनको उर्वरा शक्ति नष्ट गर्ने र वर्षाको समयमा ढल निकास थुनेर सहरमा डुबान निम्त्याउने गरिरहेका छन्। अझ गम्भीर कुरा त, नेपालका कतिपय दुर्गम र सहरी क्षेत्रमा यी बोतलहरू खुल्ला रूपमा जलाइन्छन्, जसबाट निस्कने ुडायोक्सिनु जस्ता विषाक्त ग्यासले वायुमण्डललाई प्रदूषित बनाइरहेको छ।

तर, प्लास्टिकको बोतललाई ुफोहोरु मात्र सम्झिनु हाम्रो ठूलो भूल हो। यदि हामीले यी बोतलहरूलाई प्रयोगपछि जहाँ पायो त्यहीँ नफाली व्यवस्थित रूपमा संकलन गर्ने हो भने, यसलाई पुनस् प्रयोग गर्न वा ुरिसाइकलु गरेर आर्थिक लाभ लिन सकिन्छ। नेपाली समाजमा कबाडी संकलन गर्ने व्यक्तिहरूलाई यी बोतलहरू बिक्री गरेर सर्वसाधारणले केही आम्दानी समेत गर्न सक्छन्। संकलन गरिएका यी बोतलहरूलाई रिसाइक्लिङ उद्योगमा पठाउँदा त्यसबाट नयाँ सामान, बाल्टिन, ब्रस वा कपडा बनाउने धागो समेत उत्पादन गर्न सकिन्छ। यसले एकातिर वातावरण सफा रहन्छ भने अर्कोतिर नयाँ प्लास्टिक उत्पादन गर्न लाग्ने ऊर्जा र कच्चा पदार्थको बचत हुन्छ।

नेपाली समाजमा अझै पनि ‘एउटा बोतल त हो नि’ भनेर बाटोमा फाल्ने प्रवृत्ति हटेको छैन। हामीले बुझ्नुपर्ने कुरा के हो भने, हामीले फालेको एउटा बोतल अन्ततः हाम्रै पानीको मुहान र माटोमा फर्केर आउँछ । व्यक्तिगत स्तरमा स्टिल वा काँचको बोतल प्रयोग गर्नु उत्तम विकल्प हो। तर, यदि प्लास्टिकको बोतल प्रयोग गर्नै परेमा, त्यसलाई प्रयोगपछि धुलोमा वा झाडीमा नफालिकन संकलन गरेर सम्बन्धित निकाय वा कबाडी केन्द्रसम्म पुर्‍याउन सहयोग गर्नु चाँहि बढी बुद्धिमानी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्