इनिसा विक हत्या निष्पक्ष अनुसन्धानको माग गर्दै विराटनगरमा विरोध, सिडिओलाई ज्ञापन–पत्र

<span class='c1'>इनिसा विक हत्या निष्पक्ष अनुसन्धानको माग</span> <span class='c2'>गर्दै विराटनगरमा विरोध, सिडिओलाई ज्ञापन–पत्र</span>

सोनु साह
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित कलेज अफ ल कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले बालिका इनिसा विक हत्याकाण्डको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रथम वर्षदेखि चौथो वर्षसम्म अध्ययनरत विद्यार्थीहरूको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेको हो।
विद्यार्थीहरूले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित परिवारमा परेको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरेका छन्।

ज्ञापन–पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी कटेलले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने विश्वास दिलाए। साथै उनले उक्त ज्ञापन–पत्रबारे गृह मन्त्रालयमा समेत पत्राचार गरिने प्रतिबद्धता व्यक्त गरे।


उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारका आपराधिक घटना तथा अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सरकार जिम्मेवारीका साथ लागिरहेको बताए।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बसोवास गर्दै आएकी १६ वर्षीया इनिसा विक स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन्। उनी गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न घरबाट निस्किएकी थिइन्। लामो समयसम्म घर नफर्केपछि खोजी गर्दा वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्, पछि उनको मृत्यु भएको पुष्टि भएको थियो।

भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन राज्यले कडा कानुनी व्यवस्था गरी कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनुपर्ने माग ज्ञापन–पत्रमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्