मोरङको जहदा–१ मा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

<span class='c1'>मोरङको जहदा–१ मा मोटरसाइकल</span> <span class='c2'>दुर्घटना, चालकको मृत्यु</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहामा आइतबार साँझ एक भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर करिब दुई मिटर तल कल्भर्टमा खसेको थियो ।

दुर्घटनामा परेका चालक ३५ वर्षीय श्रवण राजवंशी, जो भारतको बिहार निवासी थिए । उहाँको घटनास्थलमै मृत्यु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ ।

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई को नेतृत्वमा खटिएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्