ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

<span class='c1'>ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई</span> <span class='c2'>कानुनी दायरामा ल्याउन पीडित परिवारको माग</span>

काठमाडौं । बालिका ईनिशा बिक हत्या सम्बन्धी घटनाको शीघ्र छानविन गरि संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।

पीडित परिवारकोतर्फबाट ईनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् । साथै यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौनहिंसा तथा जघन्य अपराधका घटनाहरु दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ । ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका अपराधिक घटना र अवाञ्न्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए ।

गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका ईनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्