इनिसा विक हत्याको विरोधमा विराटनगरमा दीप प्रज्वलन

<span class='c1'>इनिसा विक हत्याको विरोधमा</span> <span class='c2'>विराटनगरमा दीप प्रज्वलन</span>

विराटनगर । नेपाल हातेमालो मञ्च र विराटनगर युनियनको आयोजनामा विराटनगरस्थित महेन्द्र चौकमा दीप प्रज्वलन गरी १६ वर्षीया इनिसा विकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।

कार्यक्रममा संस्थाका सदस्यहरू तथा स्थानीय सहभागीहरूले इनिसा विक हत्या प्रकरणको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका थिए। सहभागीहरूले घटनाको विरोध गर्दै न्यायको मागसहित नाराबाजी समेत गरेका थिए।

कार्यक्रममा उपस्थितहरूले महेन्द्र चौकमा दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए र यस्ता जघन्य घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बसोवास गर्दै आएकी १६ वर्षीया इनिसा विक स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन्। उनी गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न घरबाट निस्किएकी थिइन्। लामो समयसम्म घर नफर्केपछि खोजी गर्दा वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। पछि उनको मृत्यु भएको पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्