नानो प्रविधिमा आधारित ‘नानो इनरजाइजर’ नेपाली बजारमा लोकप्रिय बन्दै

<span class='c1'>नानो प्रविधिमा आधारित ‘नानो इनरजाइजर’</span> <span class='c2'>नेपाली बजारमा लोकप्रिय बन्दै</span>

काठमाडौं । कोरियाली प्रविधिमा आधारित नानो उत्पादन ‘नानो इनरजाइजर’ नेपाली बजारमा पछिल्ला वर्षहरूमा विस्तारै लोकप्रिय बन्दै गएको छ ।

कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा उत्पादित उक्त सामग्री नेपालमा अटो नेपाल बिजनेस ट्रेडलिंकले विगत १० वर्षदेखि विभिन्न शहरहरूमा बिक्री वितरण गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार विश्वस्तरमा प्रयोग भइरहेको नानो टेक्नोलोजीमा आधारित यो उत्पादन प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट तयार गरिएको हो । यसले सवारी साधनको इन्जिनमा दीर्घकालीन सुरक्षात्मक प्रभाव पार्नुका साथै इन्जिनको कार्यक्षमता सुधार गर्न सहयोग पु¥याउने दाबी गरिएको छ । अटो नेपाल बिजनेस ट्रेडलिंकका डाइरेक्टर रोशनकुमार श्रेष्ठका अनुसार नानो इनरजाइजरको प्रयोगले इन्धन खपतमा ५ देखि २० प्रतिशतसम्म बचत हुने र कार्बन उत्सर्जन ३ देखि ९ गुणासम्म कम हुने देखिएको छ । ‘यसले इन्जिनको जीवनकाल बढाउने मात्र नभई वातावरणमैत्री सवारी सञ्चालनमा समेत योगदान पु¥याउँछ,’ उनले बताए ।

उत्पादनको विशेषता अनुसार यो स्टिलभन्दा करिब २० गुणा बलियो रहेको र उच्च तापक्रम सहन सक्ने क्षमतायुक्त छ । प्रयोगपछि करिब ३०,००० किलोमिटर वा दुई वर्षसम्म यसको प्रभाव कायम रहने कम्पनीको दाबी छ । नानो इनरजाइजर ३० एमएलको प्याकमा उपलब्ध छ, जसलाई सिधै इन्जिन, गियर बक्स तथा स्टेरिङ बक्समा प्रयोग गर्न सकिने बताइएको छ । इन्जिनभित्र पिस्टन र सिलिन्डरबीच हुने निरन्तर घर्षणका कारण हुने क्षतिलाई न्यूनीकरण गर्दै इन्जिन ब्लकलाई सुरक्षित राख्न र पुनःस्थापना गर्न यसले मद्दत गर्ने जनाइएको छ । सवारी साधनको मर्मत तथा दीर्घकालीन कार्यक्षमता सुधारमा उपयोगी मानिएको यो प्रविधिप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्