रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी :विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध

<span class='c1'>रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी</span> <span class='c2'>:विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध</span>

रामेछाप । सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।

साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण रूपमा उडाएर भुइँमा खसालेको छ । यसैगरी सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि पनि हावा–हुरीबाट प्रभावित भएको छ । विद्यालय नजिकैको रुख ढल्दा भवनको छानामा क्षति पुगेको छ भने शौचालयसमेत भत्किएको छ । हावाहुरीले विभिन्न स्थानमा व्यक्तिका घरमा पनि क्षति पुगेको छ । क्षतिको विवरण आइ नसकेको स्थानीय प्रशासनले जनाएको छ । रामेछापमा १० वर्ष यताको यो सबैभन्दा ठुला हावाहुरी भएको स्थानीयले बताएका छन् । यस अघि २०७२ सालको भूकम्प पछि यस्तै हावा–हुरी चलेको थियो ।

हावाहुरीका कारण जिल्लाभर विद्युत सेवामा समेत समस्या देखिएको छ। साँझदेखि अवरुद्ध भएको विद्युत आपूर्ति मंगलबार बिहानसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। नेपाल विद्युत प्राधिकरणको मन्थली प्रशारण केन्द्रका अनुसार सिन्धुली जिल्ला र दोलखा जिल्लातर्फबाट आएको प्रशारण लाइनमा एकैपटक ‘फल्ट’ देखिँदा विद्युत सेवा बन्द भएको हो। प्राधिकरणका अनुसार लाइनमा आएको समस्या पहिचान गर्न प्राविधिक टोली खटाइएको भए पनि बिहानसम्म समस्या पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्