राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

<span class='c1'>राष्ट्रपति पौडेलद्वारा</span> <span class='c2'>घोडेजात्रा अवलोकन</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन् । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । सो अवसरमा घोडा दौड़, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रिगण, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो । चैत्र कृष्ण औंसी तिथिका अवसरमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्