उदयपुरमा गुडिरहेको बसबाट खसेर ९ वर्षीया विद्यार्थीको मृत्यु

<span class='c1'>उदयपुरमा गुडिरहेको बसबाट खसेर</span> <span class='c2'>९ वर्षीया विद्यार्थीको मृत्यु</span>

उदयपुर। उदयपुरको बेलका नगरपालिका वडा ४ हरीपुर शिसवारीस्थित भित्रि सडक खण्डमा गुडिरहेकाे बसबाट खसेर एक विद्यार्थीकाेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईका अनुसार जहडाबाट हरिपुर तर्फ जाँदै गरेको को १ ख ३५१६ नं को बेलका बोर्डिङ स्कुलको बसबाट खसेर सोही बोर्डिङमा अध्ययनरत विद्यार्थी स्थानीय कृष्ण बस्नेतका छोरा ९ वर्षीया सफल बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटेर लाशको कानुनी प्रक्रिया पश्चात पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । बस चालक बेलका नपा वडा नं ८ सिसौली बस्ने ३४ वर्षीया को प्रेम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक चापागाईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्