शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने

<span class='c1'>शुक्रबार काठमाडौंमा बहुगन्तव्य</span> <span class='c2'>शैक्षिक मेला हुने</span>

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ ।

गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोली शुक्रबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा विशेषगरी अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका शैक्षिक अवसरबारे विस्तृत जानकारी दिइने आयोजकले जनाएको छ । मेलामा १५ भन्दा बढी अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । विद्यार्थीले ती प्रतिनिधिसँग आफ्नो अध्ययन योजना, रुचिअनुसारका पाठ्यक्रम, छात्रवृत्ति सुविधा, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनका विषयमा प्रत्यक्ष परामर्श लिनेछन्।

एउटै थलोमा विभिन्न देशका शैक्षिक विकल्पबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि निकै फलदायी हुनेछ, बजार व्यवस्थापक प्रकाश रेग्मीले भने । विदेशमा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो मेला गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्