विराटनगर, धनकुटा र धरान लगायत देशभरि तीन दिनसम्म मौसम खराब,सतर्कता अपनाउन आग्रह

<span class='c1'>विराटनगर, धनकुटा र धरान लगायत देशभरि</span> <span class='c2'>तीन दिनसम्म मौसम खराब,सतर्कता अपनाउन आग्रह</span>

विराटनगर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी तीन दिन देशका विभिन्न भागमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानका आधारमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। साथै, लुम्बिनी प्रदेशको तराई क्षेत्र आसपासका जिल्लाहरू तथा पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा)सम्म चल्न सक्ने जनाइएको छ। प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ। केही दिनअघि भएका हावाहुरीका घटनामा जनधनको क्षति समेत भएको स्मरण गराउँदै पुनः सावधानी अपनाउन आग्रह गरिएको छ।

सूचनामा नागरिकहरूलाई आवश्यक बाहेक बाहिर ननिस्कन, हावाहुरी चल्दा घरका झ्यालढोका राम्ररी बन्द गर्न, आगोको स्रोतहरू सुरक्षित राख्न तथा सवारी साधन चलाउँदा सावधानी अपनाउन सुझाव दिइएको छ। साथै, कमजोर संरचना, रुख, बिजुलीका खम्बा र तार नजिक नजान तथा जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरिएको छ। प्राधिकरणले मौसमसम्बन्धी ताजा सूचना नियमित रूपमा अनुगमन गरी आवश्यक सतर्कता अपनाउन समेत सबैलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्