विराटनगरका सडकमा जताततै खाल्डाखुल्डी, दुर्घटना बढ्दो-स्थानीय आक्रोशित

<span class='c1'>विराटनगरका सडकमा जताततै खाल्डाखुल्डी,</span> <span class='c2'>दुर्घटना बढ्दो-स्थानीय आक्रोशित</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाका अधिकांश वडामा रहेका सडकहरू खाल्डाखुल्डीले जर्जर अवस्थामा पुगेका छन्। मुख्य राजमार्गदेखि भित्री सडकसम्म खाल्डाखुल्डी बढ्दा सवारी आवागमन निकै कठिन बनेको सवारी चालकहरू बताउँछन्।

विशेषगरी जोगबनी बोर्डदेखि कञ्चनबारीसम्मको मुख्य राजमार्गमा ठूला खाल्डा परेका कारण महिनैपिच्छे सवारी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ। उक्त सडकखण्डमा सयौं दुर्घटना भइसकेका छन् भने केहीले ज्यान समेत गुमाइसकेको तथ्यांक रहेको छ। त्यसैगरी बजार क्षेत्रको तिनपैनीदेखि पुष्पलाल चोकसम्मको सडक अवस्था झन् दयनीय रहेको बताइएको छ। स्थानीय अभिषेक बस्नेतका अनुसार “पछिल्लो एक वर्षदेखि सडक बिग्रिएको भए पनि स्थानीय सरकारले कुनै चासो देखाएको छैन।”
अर्जुन दर्जीका अनुसार खाल्डाखुल्डीका कारण दैनिक मोटरसाइकल दुर्घटना हुने गरेका छन्। “सामान्य हिँड्दा पनि गाडी लड्ने अवस्था छ,” उनले भने।

स्थानीय कोमल रिजालले सडककै कारण यति धेरै दुर्घटना हुँदासमेत महानगरले ध्यान नदिनु दुःखद भएको बताए। “तिनपैनीदेखि पुष्पलाल चोकसम्मको बाटो अत्यन्तै खराब छ, सिटी सफारीसमेत पल्टिने गरेको छ,” उनले भने।

यता महानगरपालिकाका योजना शाखा प्रमुख अर्जुन थापाले भने सडक मर्मतका लागि प्रक्रिया अघि बढिसकेको बताए। उनका अनुसार ठेक्का सम्झौता भइसकेको र ठेकेदारले काम सुरु गरिसकेको छ। “चाँडै नै मर्मत सम्पन्न गर्ने लक्ष्य छ,” उनले भने।

तर स्थानीयवासीले भने दीर्घकालीन समाधान बिना पटक–पटक मर्मत गर्दा पनि सडक फेरि बिग्रिने समस्या दोहोरिने गरेको गुनासो गरेका छन्। महानगरलाई जानकारी हुँदाहुँदै पनि लापरबाही हुने गरेको उनीहरूको आरोप छ। महानगरपालिकाको क्षेत्राधिकार भन्दा बाहिर रहेको कोशी राजमार्ग अन्तर्गत रानी–कन्चनबारी क्षेत्रमा समेत बिजोक देखिन्छ । सडक डिभिजन कार्यालयले यसको मर्मत गर्नुपर्ने हो तर समस्या हुँदा पनि काम भने गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्