विराटनगरको ग्रेडेड स्कुलमा ‘कुशल अभिभावकत्व’ सम्बन्धी एकदिने अभिमुखिकरण

<span class='c1'>विराटनगरको ग्रेडेड स्कुलमा ‘कुशल</span> <span class='c2'>अभिभावकत्व’ सम्बन्धी एकदिने अभिमुखिकरण</span>

विराटनगर । विराटनगर ७ हाटखोलामा रहेको ग्रेडेड बोर्डिङ स्कुलले विद्यार्थीका अभिभावकहरुलाई एक दिने ‘कुशल अभिभावकत्व’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गराएको छ ।

विराटनगरको महेन्द्र पार्टी प्यालेस स्थित शनिबार विद्यालय र अभिभावकलाई जोडेर विद्यार्थीहरूको सर्वाङ्गीण विकास र हकहितका लागि कार्य गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका बारेमा जानकारी दिँदै विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले आफ्ना नानीबाबुहरूको पढाइ र भविष्यका लागि विद्यालयसँगै अभिभावक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
काठमाडौंबाट आएका प्रशिक्षक शैलेन्द्र खरेलले कार्यक्रमको सहजिकरण गरेका थियो । प्रशिक्षक खरेलले उपस्थित अभिभावकहरूलाई बालबालिकाको सुरक्षा, स्वास्थ्य, संस्कार, शिक्षा र सृजनशीलताका विषयमा महत्वपूर्ण जानकारी गराए । उनले घरको वातावरण र अभिभावकको व्यवहारले बालबालिकाको सिकाइमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा समेत प्रकाश पारे ।

कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुका सयौँ अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सो अवसरमा अभिभावकहरूले विद्यालयले आयोजना गरेको यस किसिमको सचेतनामुलक कार्यक्रमले बालबालिकालाई बुझ्न र उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्