कलाकार राजकुमार विकको एकल चित्रकला प्रदर्शनी ‘सह–अस्तित्व’ सुरु

<span class='c1'>कलाकार राजकुमार विकको एकल</span> <span class='c2'>चित्रकला प्रदर्शनी ‘सह–अस्तित्व’ सुरु</span>

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कलाकार राजकुमार विकको एकल चित्रकला प्रदर्शनी ‘सह–अस्तित्व’ सुरु भएको छ ।

शनिबार अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको ६१औँ अवसर पारेर आयोजित उक्त प्रदर्शनी प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।

प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै भुसालले कला केवल रङ र आकृतिमा सीमित नभई मानवीय आवाज र संवेदनाको अभिव्यक्ति भएको बताए । उनले सामाजिक विषयसँग जोडिएको यस्ता प्रदर्शनीले समाजलाई सकारात्मक सन्देश दिने उल्लेख गरे ।

कुलपति हार्तम्छालीले कलाकार विकका कृतिहरूले समाजमा विद्यमान छुवाछुत र विभेदविरुद्ध सशक्त सन्देश दिने बताएका छन् । उनका अनुसार विकले आफ्ना चित्रमार्फत सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको स्वर प्रस्तुत गरेका छन् ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मौलिक कला, शिल्प र सिपको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विकका कृतिमा प्रकृति, संस्कृति र समाजको जीवन्त चित्रण भएको बताए ।

शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस प्रकारको कार्यक्रमले समाजमा सहअस्तित्व र समानताको सन्देश प्रवाह गर्ने धारणा राखिन् । यस्तै, लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

पूर्व सचिव मानबहादुर विकले देशभर छरिएका प्रतिभाहरूलाई मूलधारमा ल्याउने प्रयास प्रशंसनीय भएको बताए ।

कलाकार राजकुमार विकले आफ्ना कृतिमा शोषित तथा उत्पीडित समुदायका कथा, अनुभूति र श्रमचेतनालाई क्यानभासमा जीवन्त बनाउँदै सामाजिक जागरण र सचेतनालाई सशक्त बनाउने प्रयास गरेको बताए ।

चैत १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ३५ वटा कलाकृति राखिएका छन् । कार्यक्रममा विभिन्न कलाकार, प्राज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्