विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड

<span class='c1'>विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन,</span> <span class='c2'>विद्यालय व्यवस्थापन सुधारमा जोड</span>

विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर हानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, विराट आधारभूत विद्यालयका अरविन्द यादव सचिव, सिद्धकाली आधारभूत विद्यालयका भोजराज अधिकारी सहसचिव तथा सार्वजनिक माध्यमिक विद्यालयका खगेन्द्र खवास कोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा शिव आधारभूत विद्यालयका जगन्नाथ कामत, विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयका झंकप्रसाद पराजुली, ज्योति आधारभूत विद्यालयका वेदनिधि भट्टराई, जनता माध्यमिक विद्यालय इक्राहीका शिवराज विष्ट, पञ्चकन्या आधारभूत विद्यालयका चन्द्र रेग्मी, रघुपति आधारभूत विद्यालयका शिवचन्द्र सिंह, जागृत आधारभूत विद्यालयका दधिराम नेपाल, दिधि आधारभूत विद्यालयका हस्तकला राई तथा राम आधारभूत विद्यालयका राजीवकुमार यादव रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले सामुदायिक विद्यालयको व्यवस्थापन, शैक्षिक सुधार र शिक्षक–अभिभावक समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनले विद्यालयको सिकाइ उपलब्धि सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तार तथा विद्यार्थी भर्ना र निरन्तरता बढाउन प्यानले सक्रिय भूमिका खेल्ने उल्लेख गरे ।

भेलामा सहभागी प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अभिवृद्धि गर्न एकीकृत प्रयास आवश्यक रहेको औँल्याउँदै नीतिगत सुधारका लागि स्थानीय तहसँग सहकार्यलाई सुदृढ बनाउने सहमति जनाएका थिए ।

गैरराजनीतिक, पेशागत तथा शैक्षिक फोरमका रूपमा प्यानलाई स्थापित गर्दै सामुदायिक शिक्षाको समग्र स्तर उकास्न संगठनले दीर्घकालीन रणनीतिसहित काम गर्ने नेतृत्वले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्