किशोरीमाथि भएका जघन्य अपराधप्रति निष्पक्ष छानबिन र न्यायको माग गर्दै मन्त्रालयमा ध्यानाकर्षण पत्र

<span class='c1'>किशोरीमाथि भएका जघन्य अपराधप्रति निष्पक्ष छानबिन र</span> <span class='c2'>न्यायको माग गर्दै मन्त्रालयमा ध्यानाकर्षण पत्र</span>

जनकपुर । मधेश प्रदेश तथा देशका विभिन्न स्थानमा किशोरीमाथि भएका जघन्य अपराधप्रति निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गर्न माग गर्दै प्रदेश बाल सञ्जाल र सबल नेपालले खेलकुद तथा समाज कल्याण मन्त्रालय र गृह, सञ्चार तथा कानुन मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त पत्र क्रमशः प्रदेश सचिव शिव नायक र रञ्जीत यादवलाई बुझाइएको हो।
सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा २०८२ वैशाख १ गते १७ वर्षीया पूजा कुमारी राममाथि बलात्कारपछि हत्या गरिएको तथा सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा वि.क.माथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाले समाजलाई स्तब्ध बनाएको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ।

पत्रमा यस्ता घटनाले बालिका तथा किशोरीको सुरक्षा, संरक्षण र न्याय सुनिश्चित गर्ने राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। साथै, यस्ता अपराधहरू नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५ तथा मुलुकी अपराध संहिता २०७४ विपरीत भएको जनाइएको छ।
प्रदेश बाल सञ्जाल मधेश प्रदेशका अध्यक्ष निरज कुमार साह, जिल्ला बाल क्लब सञ्जाल सप्तरीका अध्यक्ष शिवशंकर मण्डल, सदस्यहरू कल्पना कुमारी साह र महिमा कुमारी साह लगायतले हस्ताक्षर गरेको उक्त पत्रमा घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न, दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति तथा कानुनी सहयोग उपलब्ध गराउन र दण्डहीनता अन्त्य गर्न माग गरिएको छ।
सचिव यादव र नायकले घटनाप्रति गम्भीरता व्यक्त गर्दै आवश्यक प्रक्रिया छिटो अघि बढाइने विश्वास दिलाएका छन्।

यसैबीच, प्रदेश बाल सञ्जालको तदर्थ समिति अवधि समाप्त भएकोले प्रदेश बाल सहभागिता सम्बन्धी कार्यविधि २०७८ अनुसार नयाँ समिति गठन गर्न समेत मन्त्रालयसँग अनुरोध गरिएको छ।
बाल अधिकार, मानव अधिकार तथा न्याय सुनिश्चितताका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै संगठनले पुनः सरकारको ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्