नेपाली भाषामा निर्माण गरिएको छठ गीतको विराटनगरमा छायांकन सुरु

<span class='c1'>नेपाली भाषामा निर्माण गरिएको छठ</span> <span class='c2'>गीतको विराटनगरमा छायांकन सुरु</span>

विराटनगर । नेपाली भाषामा निर्माण गरिएको विभिन्न दुईवटा छठ गीतको विराटनगरमा छायांकन गरिएको छ । नेपाली भाषामा पारम्परिक धुन सहित पहिलोपटक निर्माण गरिएको ‘अँजुली भरि जल लिई आयौं हे माता’ र ‘माता कल्याणी तिमी हौ मिथिलेश्वरी,जगतको कल्याण गर छठ परमेश्वरी’ बोलको दुई गीतहरुको विराटनगरको सिंघीया खोलामा आईतबार छायाँकन गरिएको हो ।


उपरोक्त दुई गीतहरु मध्ये पहिलो गीतको अडियो बितेको कात्तिक महिनामा रिलिज गरिएको थियो । दुवै गीतको रचना विराटनगरका सञ्चारकर्मी नवीन कर्णले गर्नुभएको छ भने संगित शैलेन्द्र विश्वकर्माले भर्नु भएको छ ।
उक्त दुई गीतहरु मध्ये पहिलो गीतमा किरण ब्यास र ईशा यादवले मुख्य भुमिका निर्वाह गर्नु भएको छ भने दोश्रो गीतमा कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुली र उहाँकी धर्मपत्नी रंजिता पराजुलीले मुख्य भुमिका निर्वाह गर्नुभएको छ ।


गितहरुको निर्देशन र सम्पादन कात्र्तिक राजबंशीले गर्नुभएको छ भने छायाँकन किशोर राजबंशी र कलर करेक्शन पवन सहनीले गर्नुभएको छ ।
‘माता कल्याणी तिमि हौ मिथिलेश्वरी,जगतको कल्याण गर छठ परमेश्वरी’ बोलको गीतमा ज्योति विश्वकर्मा र सानुमैंया यादवले स्वर दिनुभएको छ भने ‘माता कल्याणी तिमि हौ मिथिलेश्वरी,जगतको कल्याण गर छैठ परमेश्वरी’ बोलको गीतमा सुमित खड्का र सानुमैंया यादवको स्वरले सजिएको छ ।


मैथिली अनलाइनको ब्यानरमा निर्माण गरिएको उक्त दुवै गीतहरु चैती छठको अवसर पारेर सार्वजनिक गर्ने तयारी गरिएको गीतकार तथा निर्माता नवीन कर्णले बताउनुभयो । दुवै गीत मैथिली अनलाइनको युट्य्ुब च्यानल मार्फत रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्