विराटनगरमा सम्पन्न अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई

<span class='c1'>विराटनगरमा सम्पन्न अनिल–मीन’ एक दिवशिय</span> <span class='c2'>क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई</span>

विराटनगर । विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आईतबार भएको अन्तिम खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले सुनसरीले जितेको हो ।

पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो । टस जितेर ब्याटिङ गरेको सुनसरीले खराव मौसमको कारण ४) ओभरमा छोट्याएको खेलमा पुरै ओभर खेल्दै सवै विकेट गुमाई १ सय ४६ रन बनायो । सुनसरीका कप्तान प्लेयर अफ म्याच रविन मण्डलले ८१ रन बनाउँदा रोशन घिमिरेले १० रनको योगदान दिए । मोरङका कृष शर्माले ३ विकेट लिँदा कृतिक कामतले २ विकेट तथा प्रतिक पोखरेल, यथार्थ बचन यादव र अमर यादवले १–१ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको लक्ष्य पाएको मोरङ २७ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ७२ रनमा अलआउट भयो । मोरङका प्रतिक पोखरेलले १० रन बनाउँदा कृष शर्माले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन । सुनसरीका कविराज खत्रीले ७ ओभरमा २ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा रविन मण्डलले ३ विकेट लिए ।

 

प्लेयर अफ सिरिज सुनसरीका कविराज खत्री घोषित भए भने उत्कृष्ट ब्याटर सुनसरीकै रविन मण्डल, उत्कृष्ट बलर मोरङका कृष शर्मा घोषित भए । त्यस्तै उदयमान खेलाडी सुनसरीका अब्दुल रफा भए ।
विजयी तथा अन्य खेलाडीलाई पूर्व खेलाडीद्वय अनिल श्रेष्ठ र मिन दाहाल, कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु, सुनसरी क्रिकेट सँघका अध्यक्ष सिपि पौडेल, फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्