विराटनगरमा टिभिएस स्मार्ट एक्सचेन्ज मेला सुरु

<span class='c1'>विराटनगरमा टिभिएस स्मार्ट</span> <span class='c2'>एक्सचेन्ज मेला सुरु</span>

विराटनगर । विराटनगरको मुलानपथस्थित पन्जाबी पेट्रोल पम्प अगाडि केसरी चन्द सोरुमले टिभिएस स्मार्ट एक्सचेन्ज मेला आयोजना गरेको छ। हरेक वर्षझैँ यस वर्ष पनि आयोजना गरिएको उक्त मेला चैत ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने सोरुमका मार्केटिङ म्यानेजर सन्तोष साहले जानकारी दिएका छन्।

साहका अनुसार मेलामा बाइक नगदमा खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट तथा एक्सचेन्ज (भाउलुर एडिसन) गर्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त सुविधा प्रदान गरिनेछ। साथै खरिद गरिएका बाइकका इन्जिन तथा मेसिनमा फुल वारेन्टीको व्यवस्था गरिएको छ।




मेलामा नागरिकता कै आधारमा फाइनान्स सुविधा उपलब्ध गराइएको पनि उनले बताए। पहिलो दिनमै १५ वटा गाडी बिक्री हुनुका साथै २३ वटा बाइक बुकिङ भइसकेको जानकारी दिइएको छ। मेलामा इभी (विद्युतीय) गाडीहरूमा पनि विशेष अफर राखिएको छ। स्कुटरहरूको मूल्य २ लाख ७९ हजार ९ सयदेखि ३ लाख ३२ हजार ९ सय रुपैयाँसम्म निर्धारण गरिएको छ भने मोटरसाइकलहरूको मूल्य २ लाख २९ हजार ९ सयदेखि ६ लाख ९९ हजार ९ सय रुपैयाँसम्म रहेको छ। यसका साथै बाइक खरिद गर्ने ग्राहकलाई फुल एक्सेसरिज सामग्रीहरू समेत सोरुमले प्रदान गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्