घर निर्माण बारे बुझ्नु छ, पुग्नुहोस् चैत १२ गतेबाट जैन भवनमा हुने प्रदर्शनीमा

<span class='c1'>घर निर्माण बारे बुझ्नु छ, पुग्नुहोस् चैत</span> <span class='c2'>१२ गतेबाट जैन भवनमा हुने प्रदर्शनीमा</span>

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनी २०२६ मा थिमेटिक सेसन अन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ । चैत १२ गते देखि १६ गते सम्म विराटनगरमा हुने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रिया हुने भएको हो ।

विराटनगरस्थित जैन भवनमा ५ दिन सम्म चल्ने प्रदर्शनीमा ४ दिन ४ फरक थिमका ११ वटा सेसनमा छलफल तथा अन्तरक्रिया हुने भएको हो । प्रदर्शनीमा थिमेटिक सेसन अन्तर्गत चैत १३ गते शुक्रबार सुरक्षित र सही निर्माणः मापदण्ड, गुणस्तरीय सामग्री तथा जोखिम न्यूनीकरण थिममा घर निर्माण, निर्माण सामग्रीको गुणस्तर जाँच, विद्युतीय सुरक्षा, अग्नि सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यास लगायत विषयमा ४ वटा सेसनमा अन्तरक्रिया र छलफल हुने भएको छ।

चैत १४ गते शनिबार स्मार्ट डिजाईनः वास्तु, इन्टेरियर र प्राविधिक योजना थिममा आधुनिक घरका लागि वास्तु, वास्तु सम्बन्धी आधारभूत सिद्धान्त र प्रयोग र इन्टेरियर डिजाईनका अवधारणा विषयक २ सेसन हुने आयोजक उद्योग संगठनले जनाएको छ ।

त्यस्तै, चैत १५ गते आइतबार स्मार्ट घर र आधुनिक जीवनशैली थिममा घर अटोमेशन तथा आधुनिक जीवनशैली र सोलार घर सम्बन्धी २ सेसनमा अन्तरक्रिया र छलफल हुने र चैत १६ गते सोमबार मर्मत सम्भार तथा ट्रिटमेन्टः संरक्षण, मर्मत र भवन आयु वृद्धि थिम अन्तर्गत छत चुहिने समस्या, धमिरा नियन्त्रण र पुराना भवन सुदृढीकरण र रेट्रोफिटिङ लगायतको विषयमा ३ सेसनमा छलफल र अन्तरक्रिया हुने भएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले कोशी प्रदेशमै पहिलो पटक आयोजना गर्न लागिएको घर निर्माण प्रदर्शनीमा सहभागीहरूलाई निर्माण क्षेत्रको विभिन्न आयामबारे जानकारी र विषय विज्ञसँग अन्तरक्रिया गर्ने अवसर निर्माण गर्नका लागि प्रदर्शनीमा थिमेटिक सेसनलाई समावेश गरिएको बताउनु भयो । उहाँले प्रदर्शनीमा सेसनमा बाहेक पनि निर्माण क्षेत्रका प्राविधिकहरूसँग निःशुल्क परामर्श गर्न पाइने समेत जानकारी दिनु भयो ।

बिराटनगरको जैन भवनमा, विहान १० देखि सांझ ६ बजेसम्म ५ दिन सञ्चालन हुने प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित झन्डै ७० भन्दा बढी कम्पनीहरूले आफ्नो सेवा तथा उत्पादन प्रदर्शनी गर्ने छन । काठमाडौँ बाहिर प्रथम पटक हुन लागेको प्रदर्शनीमा बृहत् सहभागिताको निम्ति आयोजकले निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्