विराटनगर । चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले विरेन्द्रकुमार साहको नेतृत्वमा १४ कार्यसमिति चयन भएको छ । विराटनगरको रुबिज होटल सोमबार सम्पन्न तेस्रो अधिवशेनले आगामी कार्यकालका लागि १४ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल सर्वसम्मतले चयन भएका छन् भने, भने एक सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
यसअघि उद्घाटन सत्र तत्कालीन अध्यक्ष सञ्जु राईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष विक्रम लुइँटेल, चलचित्र संघका सल्लाहकारसमेत रहेका प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, संघका सल्लाहकार भीषण राई, पारस मल्टिपल हस्पिटलका प्रशासन प्रमुख हेमनारायण मेहतालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष साहले चलचित्र पत्रकार संघ कोशी प्रदेशलाई थप प्रभावकारी, सक्रिय र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरूबीच एकता सुदृढ गरी प्रदेशको चलचित्र क्षेत्रको विकासमा सशक्त भूमिका निर्वाह गर्ने बताए । समितिको पहिलो दिनमा नै चलचित्र पत्रकार र उनीहरुको परिवारको लागि विराटनगरमा रहेको पारस हस्पिटलसँग उपचारको छुटको व्यावस्था सम्बन्धी दुईपक्ष विच सम्झौता समेत भएको छ ।
