बाँच्ने आशामा संघर्षरत दिपिका, सहयोगको याचना

<span class='c1'>बाँच्ने आशामा संघर्षरत</span> <span class='c2'>दिपिका, सहयोगको याचना</span>

विराटनगर । जीवनका रंगीन सपना देख्ने उमेरमै दिपिका कार्की अहिले गम्भीर रोगसँग संघर्ष गरिरहेकी छन्। रगतको क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित उनी भारतस्थित राजीव गान्धी क्यान्सर संस्थान तथा अनुसन्धान केन्द्र मा उपचाररत छिन्।

अस्पतालको बेडमा रहेर उपचार गराइरहेकी दिपिकाको आँखामा अझै बाँच्ने दृढ इच्छा देखिन्छ। “तपाईंहरूको साथ पाए म फेरि मुस्कुराउन चाहन्छु,” भन्ने उनको भावुक अपिलले उनको पीडा र आशा दुवै झल्काउँछ।

दिपिकाको उपचारका लागि उनका परिवारले आफ्नो सम्पूर्ण सम्पत्ति खर्च गरिसकेको छ। तर क्यान्सरजस्तो जटिल रोगको उपचार अत्यन्त महँगो भएकाले उनीहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। अहिले उपचारलाई निरन्तरता दिन थप रकम आवश्यक परेको परिवारले जनाएको छ।

परिवारले छोरीको जीवन बचाउन समाजका दातृ मनहरूसँग सहयोगको अपिल गरेको छ। सानो–सानो सहयोगले पनि दिपिकाको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्