विराटनगर चैत्र ११ ,
विराटनगर महानगरपालिका–१७ स्थित कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक विराटनगर–१५ की कोमलकुमारी साह रहेको प्रहरीले जनाएको छ।
श्रीमती हराएको भन्दै निवेदन दिएका उनका श्रीमान् रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि हत्या गरेर शव लुकाउन कल्भर्टमुनि फालेको आशंका गरिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।