विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा बुढीगंगास्थित टंकीसिनवारीमा प्रभातफेरी र सचेतना र्याली निकालिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सामुदायिक चिकित्सा विभागको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङसँगको सहकार्यमा आज (मंगलबार) र्याली निकालिएको हो ।
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाईएको छ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । उक्त र्यालीमा विद्यार्थी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत क्षयरोग समयमै पहिचान, उपचार र रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । र्यालीमा विद्यार्थी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत क्षयरोग समयमै पहिचान, उपचार र रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ । तीन हप्ता वा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, बढी पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यचौकी गएर परिक्षण गराउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगको सङ्क्रमण सहजै हुन सक्दछ ।
बिराट मेडिकल कलेज टिचीङ हस्पिटलका डाक्टर सुर्य पराजुलीको संयोजकत्वमा आयोजना गरिएको प्रभातफेरीमा नाटा (NATA),बागमती सेवा समाज,बिएनएमटी नेपाल(BNMT Nepal) युएनडीपी (UNDP), उराँव मैत्री समाज तथा बिराट मेडिकल कलेजको एमबीबीएसमा अध्ययनरत १५० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।