कोमलकुमारी हत्या प्रकरण : शव व्यवस्थापन गर्न सिटी सफारी प्रयोग

<span class='c1'>कोमलकुमारी हत्या प्रकरण : शव</span> <span class='c2'>व्यवस्थापन गर्न सिटी सफारी प्रयोग</span>

विराटनगर । विराटनगर – १५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको हत्यापछि शव व्यावस्थापन गर्न सिटी रिक्शा प्रयोग भएको पाइएको छ । कोमलकुमारीको हत्यामा संलग्न रहेको आरोपमा श्रीमान रोशन साह र मृतककी जेठाजु ४६ बर्षिय दिपेन्द्र साहलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाइएसकेको छ ।

मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि प्रवक्ता एवं डिएसपी लिलाराज लामिछानेका अनुसार, दिपेन्द्रले भाइ रोशनलाई शव व्यवस्थापनमा सहयोग पुर्‍याएको देखिएको छ । हत्यापछि शवलाई सिटी सफारीमा राखेर फाल्न सहयोग गरेको भन्दै उनलाई मतियारुको रूपमा पक्राउ गरिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


कोमलकुमारी हत्या हुनुको पछाडी परपुरुषसँगको सम्बन्धको विवाद देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना विवरण अनुसार, गत चैत ६ गते मध्यरातमा रोशनले श्रीमतीको हत्या गरेका थिए । हत्यापछि उनले घरदेखि करिब ३ किलोमिटर पूर्व विराटनगर १७ स्थित छाला फ्याक्ट्री पुर्वपटी कल्भर्टमुनि शव फालेका थिए । घटनाको खुलासा भने चार दिनपछि गत मंगलबार मात्र भएको थियो ।

शव भेटिएको चार घण्टाभित्रै अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्