लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरुलाई अझै पनि भेदभाव

<span class='c1'>लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक</span> <span class='c2'>समुदायहरुलाई अझै पनि भेदभाव</span>

विराटनगर । नेपालको संविधानले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने व्यवस्था गरेको भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसहरूले भेदभाव भोग्नुपरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।


संविधानको धारा १२, १८ र ४२ ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषयमा बोले पनि नागरिकता लिनेदेखि वैवाहिक समानता र शिक्षा पाउने जस्ता विषयमा विभेद सहनु परेको उनीहरूको भनाइ छ । आफुहरुलाई पनि अन्य सरह समानताको अनुभव गर्न नपाएको गुनासो गरेका छन् । ब्लु डायमण्ड सोसाइटीको आयोजना तथा परिवर्तनशील समाज विराटनगरको समन्वयमा विराटनगरमा बुधबार सम्पन्न तेस्रोलिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) समुदायसम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा उनीहरुले आफ्नो गुनासो राखेका थिए ।


कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीका कार्यक्रम संयोजक सुमन नेपालले तेस्रोलिङ्गी समुदायको पहिचान, अधिकार, सामाजिक अवस्था तथा उनीहरूले भोग्दै आएका चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले समाजमा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायप्रति विभेद र गलत धारणा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सचेतना आवश्यक रहेको बताए।


त्यसैगरी, परिवर्तनशील समाज विराटनगरकी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोगिरहेका विविध समस्याहरूबारे प्रकाश पारिन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक स्वीकृतिमा अझै पनि उनीहरू पछाडि परेको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । हरेक सरकारी कार्यलयमा सेवा लिन जाँदा पनि पनि परिचय विहीन हुनुपरेको गुनासो सुनाईन् ।


कार्यक्रममा किन्नर समाजकी नायक शल्मा वेगमले विगतको भन्दा अहिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय खुलेर आउने गरेको सुनाईन् । उनले भनिन्, आफुहरुको पेशा आशिर्वाद दिने दक्षिणा लिने गरेका छौँ । कतिपय ठाँउहरुमा आफुहरुले दुव्र्यवहार सहनुपरेको समेत गुनासो गरिन् ।
कार्यक्रममा सहभागीहरूले यस्ता अभिमुखिकरण कार्यक्रमले समुदायप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्