कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने

<span class='c1'>कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा</span> <span class='c2'>१५ करोड जम्मा गर्ने</span>

विराटनगर । कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार्वजनिक बिदा समेत स्वीकृत गरेको छ । साथै, वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको सीमा निर्धारण गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । बैठकले गत असोज १८ र १९ गतेको बाढी–पहिरो तथा चैत्र १ र २ गतेको हावा हुन्डरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यलाई तीव्रता दिन विशेष निर्णय गरेको छ ।

यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्