विराटनगरमा ‘Mt. 8848’ व्याण्डको लाईभ कन्सर्ट’ हुदै

<span class='c1'>विराटनगरमा ‘Mt. 8848’ व्याण्डको</span> <span class='c2'>लाईभ कन्सर्ट’  हुदै</span>

विराटनगर । विराटनगर–११ मा रहेको नेपाल विजनेश कलेजका विद्यार्थीहरुले आगामी चैत्र २७ गते तारिखमा नपाली साँगितिक क्षेत्रमा निकै नै नाम कमाएको पप व्याण्ड ‘एमटि ८८४८ लाइभ कन्सर्ट’ आयोजना गर्ने भएका छन् ।  विराटनगर मेन रोडमा रहेको जैन भवनमा अबको २ सातापछि हुन लागेको लाईभ कन्सर्ट बारे कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाल विजनेश कलेजको सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक अभ्यासका रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कन्सर्टको यो तेस्रो संस्करण हो, जसमा प्रख्यात व्याण्ड ‘एमटि ८८४८’ को सांगीतिक प्रस्तुति रहनेछ ।
कलेजकी निर्देशक पिंकी शर्माका अनुसार विद्यार्थीहरूलाई पढाइसँगै व्यावहारिक ज्ञान दिलाउन यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम सम्पन्न गर्न करिब ११ लाख ७७ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने कन्सर्टको प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ ।

कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाले यो कार्यक्रम विद्यार्थीहरूको ‘इभेन्ट म्यानेजमेन्ट’ विषयको प्रयोगात्मक हिस्सा भएको जानकारी दिए । ‘पाठ्यक्रममा २० अङ्कको प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरू आफैँले कुनै कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ कोइरालाले भने, ‘यसले कक्षा कोठाको सैद्धान्तिक ज्ञानलाई वास्तविक संसारमा कसरी लागू गर्ने भन्ने सिकाउँछ । सहयोगी दाता खोज्नेदेखि कलाकार छनोट र सम्पूर्ण व्यवस्थापन विद्यार्थीहरू आफैँले गरेका छन, जसले उनीहरूको व्यवस्थापकीय क्षमता र आत्मविश्वास बढाउँछ ।’

यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष सामाजिक उत्तरदायित्व पनि हो । सांगीतिक कार्यक्रमबाट संकलन भएको सम्पूर्ण मुनाफा सामाजिक क्षेत्रमा खर्च गरिने कलेजले जनाएको छ । यस अघिको कार्यक्रमबाट संकलन भएको रकमले विराटेश्वर वृद्धाआश्रमको सहयोग गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको नेपाल विजनेश कलेजमा हाल एमबीए, बीबीए, बीआईटी र बीएचएम तहमा साढे ३ सय विद्यार्थीहरू अध्ययनरत छन् । कलेजले सैद्धान्तिक ज्ञानका साथै यस्ता प्रयोगात्मक अभ्यासहरूलाई विशेष जोड दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्