विराटनगरमा बढ्दो ‘क्याफे’ संस्कृति

<span class='c1'>विराटनगरमा बढ्दो</span> <span class='c2'>‘क्याफे’ संस्कृति</span>

स्वस्तिका भट्टराई
विराटनगर । पछिल्लो समय विराटनगरमा क्याफे संस्कृति बढ्दो छ । औद्योगिक सहरको रुपमा चिनिने विराटनगर बिस्तारै परिस्कृत हुँदै कर्पोरेट र क्रिएटिभ सेवा क्षेत्रतर्फ लम्किदै छ । सधैं चोकको सानो चिया पसलहरुमा हुने राजनीतिक चिया गफहरु अहिले एस्थेटिक क्याफे भित्र कफीको चुस्की लिदै बिजनेस आइडिया आदानप्रदान हुन थालेका छन् ।
क्याफे भित्रको सौन्दर्य, कला, आकर्षण र रूपको कदरयोग्य नै हुन्छन् । दृश्यात्मक रूपमा मनमोहक, सन्तुलित, र शैलीपूर्ण वस्तु, दृश्य वा वातावरणमा भएका क्याफे शान्त र आकर्षक अनुभव गराउने गर्छन । त्यसैपनि फ्याफेमा लगानी बढ्दो । यसमा सक्रिय रहेका सविन दाहालले पछिल्लो साढे तीनवर्षमा दुईवटा क्याफे सञ्चालन गरिरहेका छन् । उनले कन्चनबारीबाट सुरु गरेको क्याफे अहिले ट्राफिकचौक देखि केहि दक्षिण पुरानो मोरङ सहकारी अस्पताल अगाडी विस्तार गरेका छन् ।

साना ठुला जोडेर करिब १ सय भन्दा बढी क्याफेहरू विराटनगरमा संचालनमा रहेका छन् । हरेक चोक चोकमा सामान्यतया एउटा देखि दुइटा क्याफेहरू संचालनमा रहेको देख्न सकिन्छ । पश्चिमा समाजको प्रभाव बढेसंगै मध्यम वर्गीय परिवार र अहिलेका युवा वर्गमा बाहिर गुणस्तरीय निस्केर समय बिताउने र रमाइलो गर्ने प्रचलन बढ्दो छ । सडकको धुलो र गाडीको कोलाहल बाट बाहिर, शान्त वातावरण, सफा सौचालय र एसी को चिसो हावाको आनन्द लिने अवशर प्राप्त हुने हुनाले, युवा वर्ग क्याफे तर्फ झनै आकर्षित बन्दै गएका हुन् ।चोकको चिया पसलमाझैँ मेन्यु चिया र समोसामा मात्र सिमित नभई विराटनगरका क्याफेहरुमा चाइनिज , इटालियन , कोरियन , मेक्सिकन जस्ता अन्तरास्ट्रिय खानाहरु ताथा नास्ताहरुु खान र परिवार तथा साथीसंग रमाइलो समय व्यतित गर्न पाउनाले पनि विराटनगरमा क्याफे संस्कृति झनै मौलाउदै गएको हो ।

युवा पुस्ताको डिजिटल कार्यथलोको रुपमा क्याफे बिकसित हुन थालेको छ । कलेज पढ्ने बिद्यार्थी हरुले शान्त वातावरणमा असाइनमेन्ट गर्न र स्वतन्त्र काम गर्ने व्यक्तिहरुले आफ्नो काम गर्न लाई क्याफे रोज्न थालेका छन् । सामाजिक संजालमा राख्दा पनि राम्रो देखिने ब्यागराउण्ड सहितका कोठा र राम्रो दृश्यका कारण फोटो खिच्नकै लागि क्याफे जाने व्यक्तिहरुका कारण पनि क्याफे चलन बढ्दो छ । चोकको भिडमा बस्नु भन्दा आफ्ना छोरा छोरीले क्याफेको शान्त वतावारंमा समय बिताउदा अविभावक पनि सुरक्षित महसुस गर्ने गर्छन ।
कोशी प्रदेशका पहाडी क्षेत्रमा उत्पादन भएका उच्च गुणस्तरीय चिया तथा कफिहरुको बजारीकारणमा पनि बढ्दो क्याफे संस्कृतिले टेवा पुर्याएको छ । बारिस्ता र सेफ जस्ता नंया नंया पदहरु बिकसित भएका कारण रोजगारीको सिर्जना पनि हुदै गएको छ । धेरै लगानी गरेर ठुला ठुला होटल व्यवसाय गर्ने क्षमता नभएका व्यक्ति हरुले पनि सिमित लगानीमा आफ्नो व्यवसाय संचालन गर्ने अवसर पाएका छन् । साथै होटल व्यवसायीले पनि बढ्दो संस्कृतिलाई देखेर यसतर्फ आकर्षित भई लगानी लगाउनाले पनि अर्थतन्त्र चलायमान बनाउनमा सकारात्मक प्रभाव पारेको छ ।

कलाकारहरु संगको सामान्य भेटघाट, केहि शुभ अवसरहरु जस्तै जन्मदिन मनाउने देखि सफलताको खुशियाली मनाउने सम्म हरेक कार्यहरु गर्नका लागि सबैको रोजाई क्याफे बन्न थालेको छ । तर कतिपय व्यक्तिहरुका लागि क्याफेहरु अझै पनि पहुँच बाहिर रहेका छन । यसका कारण क्याफेलाई धनि हरुको विलासिताको अर्को केन्द्रका रुपमा हेरिने भ्रम भने तोडीन जरुरि देखिन्छ । विराटनगरको बढ्दो क्याफे संस्कृतिका माझ बढ्दो प्रतिस्पर्धा र बढ्दा ग्राहकका कारण कतिपय क्याफेहरुले भने आफ्नो गुणस्तर बनाई राख्न र व्यवसायमा टिक्न भने समस्या हुने सभावना समेत देखिन्छ ।

अहिले बढ्दै गएको क्याफे संस्कृति केवल देखावटी आधुनिकता मात्र नभई सहर विकाश र नंया चेतनाको बाटो समेत हो । यसले सहरको सौन्दर्य मात्र बढाएको छैन, मानिसहरुलाई अनुशाशन र सभ्यता पनि सिकाएको छ । दिन प्रति दिन मोबाइल र कम्प्युटर बाहिर कुराकानी नै नगर्ने वर्गका लागि पनि यो सामाजिकीकरणको नंया बाटो बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्