इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द हुनु स्वागतयोग्य ः प्रिन्सपल खड्का

<span class='c1'>इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू</span> <span class='c2'>बन्द हुनु स्वागतयोग्य ः प्रिन्सपल खड्का</span>

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै यसको प्रभाव देशभर देखिन थालेको छ। यसै सन्दर्भमा विराटनगरस्थित शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले उक्त निर्णयलाई स्वागतयोग्य कदमको रूपमा लिएका छन् ।

सोमबार विराटनगरको सिटी प्यालेसमा आयोजित कक्षा १२ को विदाई कार्यक्रममा बोल्दै प्रिन्सिपल खड्काले नयाँ सरकारले विद्यार्थीको हितलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको उल्लेख गरे। उनले विगतमा एमसीक्यू (बहुवैकल्पिक प्रश्न) परीक्षाको तयारीका लागि विद्यार्थीहरू काठमाडौंलगायत ठूला सहर जानुपर्ने बाध्यता रहेको तर अब कलेजहरूले नै त्यस्तो तयारी गराउन सक्ने क्षमता विकास गरिसकेको दाबी गरे। उनका अनुसार, कलेजमै गुणस्तरीय तयारी सम्भव भएकाले अनावश्यक रूपमा बाहिर जानुपर्ने प्रवृत्तिको अन्त्य हुनु सकारात्मक पक्ष हो। “विद्यार्थीलाई चाहिने सीप र तयारी अब कलेजमै उपलब्ध गराउन सक्छौं,” उनले भने। यसैबीच, मन्त्रालयले आइतबार साँझ मात्रै विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको थियो। मन्त्रालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा अवरोध सिर्जना गर्ने गरेको पाइएको छ।


त्यसैगरी, ब्रिज कोर्सका नाममा लिइने अतिरिक्त शुल्कले विद्यार्थी तथा अभिभावकलाई अनावश्यक आर्थिक भार पर्ने भएकाले पनि यस्तो प्रणाली हटाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । शिक्षाविद्हरूका अनुसार, यस निर्णयले शिक्षा प्रणालीलाई थप समावेशी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ भने कलेज तथा विद्यालयहरूले आफ्नो शैक्षिक गुणस्तर सुधार गर्न थप जिम्मेवारी बहन गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्