सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

<span class='c1'>सुनसरीमा मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>एक युवकको मृत्यु</span>

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा पछाडि सवार विपीन गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्