विराटनगरमा सुरक्षित चालक अभियान तीव्र, सिटी सफारी चालकलाई प्रशिक्षण

<span class='c1'>विराटनगरमा सुरक्षित चालक अभियान तीव्र,</span> <span class='c2'>सिटी सफारी चालकलाई प्रशिक्षण</span>

विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको सुरक्षित चालक अभियानलाई निरन्तरता दिँदै जिलला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरूलाई लक्षित गरी सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

विराटनगर १६ सामुदायिक प्रहरी सेवा केन्द्रमा मंगलबार सिटी सफारी चालकहरूलाई भेला गराई बिना लाइसेन्स सवारी सञ्चालन नगर्न आग्रह गर्दै अभियानमा आबद्ध हुन अनुरोध गरिएको ट्राफिक प्रमुख सन्तोष न्यौपानेले जानकारी दिए। उनका अनुसार सवारी साधन सञ्चालनमा सुरक्षा र कानुनी प्रक्रिया अनिवार्य बनाउन यस्तो अभियान चलाइएको हो।

कार्यक्रममा चालकहरूलाई ट्राफिक नियम, सडक दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक चिन्ह र सडक रेखाहरूको सही प्रयोगबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। साथै, चालकहरूको लागुऔषध सेवन परीक्षण (  लापसे ) समेत गरिएको थियो।

परीक्षणका क्रममा ११ जना चालकमा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी, विराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्