विराटनगरमा मोबाइल, बस र साइकल चोरिदै थियो, बाँधेको खसी समेत थाल्यो हराउन

<span class='c1'>विराटनगरमा मोबाइल, बस र साइकल चोरिदै</span> <span class='c2'>थियो, बाँधेको खसी समेत थाल्यो हराउन</span>

विराटनगर । पछिल्लो समय विराटनगर तथा आसपासका क्षेत्रमा चोरीका घटना दिनानुदिन बढ्दै गइरहेका छन्। घरदेखि लिएर पसल, कार्यालय तथा सार्वजनिक स्थानसम्म चोरी गर्ने गिरोह सक्रिय सक्रिय देखिन्छ ।
स्थानीयका अनुसार सवारी साधन, मोबाइल फोनदेखि लिएर घरपालुवा जनावरसम्म चोरी हुने घटना बढ्दो क्रममा रहेको छ। विशेषगरी साइकल, मोटरसाइकल, मोबाइल, सिटी सफारी र खसी चोरीका घटना विगत केही महिनायता उल्लेखनीय रूपमा बढेका छन्। हुन त धरानबाट बस चोरेर विराटनगरमा पार्टपूर्जा समेत यस अगाडी खोलिएको घटना भएकै हो ।

बुढीगंगा–१ पञ्चेश्वर मार्गका ज्वाला कुमार श्रेष्ठले आफ्नो घरमा ताल्चा लगाएर राखिएको साइकल बिहान करिब ५ बजे चोरी भएको बताइन् । उनी जनता कलेजमा सेक्युरिटी गार्डका रूपमा कार्यरत छन्। दुई हप्ता अघि भएको उक्त घटनापछि उनी अहिले दैनिक हिँडेरै काममा जाने–आउने गरेका छन्। साइकल चोरिएपछि उनले कर्जा लिएर अर्को साइकल किन्नुपर्ने बाध्यता आएको बताइन्।
त्यस्तै, विराटनगर–२ की खुस्बु यादवले घरभित्र ताल्चा लगाएर राखिएको साइकलसमेत चोरले गेट खोलेर चोरी गरेको बताइन्। उनले प्रहरी कार्यालयमा लिखित निवेदन दिएको भए पनि दुई हप्ता बित्दा पनि साइकल फिर्ता नभएको गुनासो गरिन्।

बरगाछी क्षेत्रकी सिता निरौलाले आइतबार यातायात कार्यालय मोरङमा सवारी अनुमति पत्र नवीकरण गर्न गएका बेला गोजीबाट मोबाइल चोरी भएको बताइन्। उनले पछि सीसीटीभी फुटेज हेर्दा चोरको अनुहार स्पष्ट नदेखिएको जानकारी दिइन्। यसैगरी, स्थानीय बासिन्दा बिबेक तामाङका अनुसार घर अगाडिको खाली मैदानमा बाँधिएको खसीसमेत चोरले निडर रूपमा चोरी गरेर लगेको छ। सीसीटीभी फुटेजमा चोर खुलेआम खसी चोरी गरेर लैजाँदै गरेको दृश्य देखिएको बताए। यद्यपी यो घटनामा संलग्नको पहिचान भइसकेको छ ।

स्थानीयवासीका अनुसार चोरीका घटनाले दैनिक जीवन असुरक्षित बन्दै गएको छ। घरमा ताल्चा लगाएर बाहिर जाँदा समेत मनमा डर रहने गरेको उनीहरू बताउँछन्। स्थानीयले प्रहरी प्रशासन सक्रिय भए चोरी नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सुरक्षाको कडाइ, नियमित गस्ती तथा चोरीमा संलग्न गिरोहको पहिचान गरी कारबाही गर्न माग गरेका छन्। खासमा बजारमा हरेक वस्तुको महंगी बढ्यो, चोरले पनि तत्काल आम्दानी हुने वस्तुमा आँखा लगाउन थालेका छन् । महंगीको मारमा थिचिएपछि यस्ता घटनामा एकाएक बृद्धि हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्