मोटरसाइकल चोरी सफल भएपछि नौवटा पुन्टेबियर, रमाएर हुँइकिदा कारमा ठक्कर

<span class='c1'>मोटरसाइकल चोरी सफल भएपछि नौवटा</span> <span class='c2'>पुन्टेबियर, रमाएर हुँइकिदा कारमा ठक्कर</span>

प्रेम देवान
विराटनगर । विराटनगर महानगरपालिका–१३ मा पार्किङबाट चोरी गरिएको मोटरसाइकलले गत शुक्रबार साँझ कारलाई ठक्कर दियो । ठक्कर दिने चालक अन्ततः प्रहरी नियन्त्रणमा परेका छन्।
थापा निवास अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल हराएको थियो । त्यो मोटरसाइकल एक अपरिचित युवकले लगेका थिए । चोरी भएको भोलिल्ट शनिबार बिहान करिब ११ः १५ बजे उक्त मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बरगाछी दक्षिण महेन्द्रचौकतर्फ झर्दै गरेको मोटरसाइकलले विराट नर्सिङ होमतर्फ मोडिदै गरेको कारलाई पछाडिबाट ठक्कर दिएको थियो। कार चालकका अनुसार उनी स्लो गतिमा साइड लाइट देखाउँदै अघि बढिरहेका बेला तीव्र गतिमा आएको मोटरसाइकलले अचानक ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल चालक सडकमा लडे पनि मोटरसाइकल त्यहीँ छाडेर विभिन्न बहाना बनाउँदै पूर्वतर्फ भागेका थिए। तर, कार चालकले उनलाई पछ्याउँदै करिब ५०० मिटर टाढा सोमबारे हटियाबाट नियन्त्रणमा लिन सफल भएका थिए। त्यसपछि उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको थियो।

यसैबीच दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मोटरसाइकल धनी विराटनगर–१३ निवासी मनीष झाले प्रहरीसँग सम्पर्क गरेका थिए । उनले आफ्नो मोटरसाइकल अघिल्लो रात चोरी भएको जानकारी दिएका थिए। ट्राफिक कार्यालयमा पुगेर हेर्दा आफ्नो स १ प ९७८२ नम्बरको मोटरसाइकल क्षतिग्रस्त भएको देखेपछि उनी चकित परेका थिए ।दुर्घटनामा मोटरसाइकलको अगाडिको भाग पूर्णरूपमा बिग्रिएको छ भने बागमती प्रदेश ०१–०३० च ४३५१ नम्बरको कारको पछाडिको भागमा क्षति पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपानेका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरेको पुष्टि भएको छ। उनले करिब ९ बोतल बियर पिएको सोधपुछको क्रममा बताएका थिए ।

प्रहरीका अनुसार मोटरसाइकल चोरीमा संलग्न व्यक्ति विराटनगर–१३, कोशी प्रोजेक्ट निवासी १९ वर्षीय सागर मल्लिक हुन् । उनलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नभएको र मापसे गरेर सवारी चलाएको पाइएकाले चोरीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्